अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सब घान्द्रुक २०७५ – कृष्ण गुरुङ घान्द्रुक

४ दिने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४/२०७५ को तेस्रो एवं अन्तिम चरणको कार्यक्रम हाम्रो घान्द्रुक गाउँमा मिति २०७५ जेठ १७ देखि २० गतेको बिचमा विभिन्न चुनौतीहरुको वावजुद सफलता पुर्वक सम्पन्न भयो । यस महोत्सवलाई प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुंगले उद्घाटन गर्नु भएको थियो भने समापन भूतपुर्व प्रधान मन्त्री पुष्प कमल दहालबाट भएको थियो । हाम्रो क्षेत्रमा स्थानीय समुदायद्वारा सफलता पुर्वक आयोजना गरिएको यो पहिलो र ऐतिहासिक पर्यटन महोत्सव हो ।

यस पल्टको तेस्रो चरणको महोत्सवको मुख्य आकर्षण अन्नपुर्ण अधार शिविरबाट घान्द्रुक गाउँसम्म कुल ४२.१९५ कि.मि. दुरीको अल्ट्रा म्याराथन रहेको थियो । स्थानीय समुदाय आफैले यस्तो साहसिक दौड प्रतियोगिता आयोजना गरेको नेपालमा नै पहिलो पल्ट हो जस्तो लाग्छ । हालसम्म निजि स्तरमा सगरमाथा क्षेत्रमा मात्रै यस्तो म्याराथन आयोजना हुदै आएको छ । यो साहसिक दौडलाइ आउँदा वर्षहरुमा निरन्तरता दिनुको साथ साथै अन्तराष्ट्रियकरण र व्यवसायीकरण गर्दै जाने महोत्सव आयोजक समितिको योजना रहेको छ । मैले व्यक्तिगत रुपमा लिएको यस महोत्सवको Video Clip हरू एवं तस्बिरहरू विस्तारै प्सकदै जाने छु । आयोजक समितिको आधिकारिक भिडिओ रिलिज गर्न अझ केहि समय लाग्ने व्यहोरा अवगत गराउन चाहन्छु । धन्यवाद !

कृष्ण गुरुङ घान्द्रुक

This entry was posted in Community News Ghandruk. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *