घान्द्रुक गाऊबाट नयाँ गायकको जन्म – युक्त मान गुरुङ जापान

bimal Pariyar

Bimal Pariyar

घान्द्रुक गा बी स वार्ड -५ घ्यांथरमा जन्मिएको सुमुधुर स्वरको धनी नव लोक तथा दोहोरी गायक बिमल परियार अहिले निकै चर्चामा आउन सफल भएको छ। सानो हुदा देखि गीत गुनगुनाउन रुचाउने बिमल गीत संगीत भनेपछी हुरुक्कै हुन्थे। आफ्नो एस एल सी पढाई सकेपछी भबिश्यमा राम्रो कलाकार बन्छु भनेर काठमाडौं हानिएका परीयारले बिभिन्ना संघर्ष गर्दै आफू यो स्थानसम्म आईपुगेको बताउछन। राजधानी जस्तो ब्यस्त शहरमा आफुले पाएको दु:खलाई अहिले पनि समझन्छन रे। तर पनि कहीले हार खाएन धेरै मेहनत र संघर्ष गर्दै अहिले एउटा दोहोरी साँँझमा गीत गाउदै गरेको छू। र आफ्नो सपना पूरा गर्न मेहनत गर्दै छु अहिले सबैजनाबाट सहयोग,प्रेरणा मिलेको छ र अझै यहाहरूको माया पाउदै गरेमा अगाडि बढ्ने कोशिस गर्नेछु भन्छन् गायक बिमल परीयार । पछिल्लो समयमा निकै चर्चामा रहेको म बस्ने मुटुमा ,घाइते मुटु जलन भाको छ,दिलको कुरा र अरु थुप्रै गीतहरुमा आफ्नो स्वर भरिसकेका परीयारले हाल आफ्नै एल्बममा रहेको दुई वटा गीतको म्युजिक भिडियो सार्वजनिक गर्न लागेको छ । घान्द्रुक गाऊमा छाँयाकन गरि भर्खरै मात्र सम्पादन सकी ब्रेज मेश्रों फिल्म प्रोडक्सन घान्द्रुकको दोश्रो प्रस्तुति “घान्द्रुक घुम्न जाउ” कौडा गीतको शुटिङ रिपोर्ट गत शनिबार प्रशारण गरिएको थियो। भने अर्को सैलेजु गीत “गुँरासै फुल्यो” बोलको गीत पनि सम्पादन सकेर दुबै गीत गत शनिबारबाट सार्वजानिक गरेको गायक बिमल परीयारले बताए। हामिलाई आशा छ बिमलको यी गीतहरूले बजार पिढ्नेछ। बिमललाई हामी घान्द्रुकबासीको तर्फबाट बधाई आनि शुभकामना!!! जय ब्रेज मेश्रों स्वर- बिमल परियार र पूर्णकला बि सि

युक्त मान गुरुङ जापान

This entry was posted in Community News Ghandruk. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *