नेपाली मेला २०१७ र घान्द्रुक समाज युकेको सहभागिता

गत २७ अगष्ट २०१७ मा पश्चिम लन्डन स्थित केम्प्टन पार्क रेसकोर्समा तमुधीं युकेद्वारा बर्षेनी आयोजना गर्ने गरेको लोकप्रिय नेपाली मेला कार्यक्रम सुन्दर, शान्त र शानदार मौषमको बिच सम्पन्न भयो | बेलायतको बिभिन्न स्थानमा रहेका नेपालीहरुको जातीय, क्षेत्रीय, धार्मिक स्पोर्ट्स क्लब जस्ता संस्थाहरुले सहभागिता जनाउने गरेको उक्त कार्यक्रम तमुधीं युकेले सन २००८ सालबाट संचालन गरेको हो र यो नवौं नेपाली मेला हो | नेपाली नेपाली बिच आपसी सद्भाव, भातृत्व बढाउनुको साथै आफ्नो मौलिक संस्कृतिहरुको संरक्षण र सम्बर्धन गर्ने, हाम्रा बिबिधतापूर्ण संस्कृतिलाई स्थानीय बेलायतवासीलाई चिनाउने र नेपाली भावी पुस्तालाई आफ्नो संस्कृति प्रति सचेत गराउंदै बिस्तारै उनीहरुलाई हस्तान्तरण गर्ने जस्ता पबित्र उद्देश्यले शुरु गरेको उक्त कार्यक्रम राष्ट्रिय महत्वको समेत बिषय भएकोले सबै नेपालीहरुको साझा कार्यक्रमको रुपमा हेरी नेपाली दुतावासले समेत सहयोग गर्दै आएकोछ |

उक्त मेला शुरुको ३ बर्ष पश्चिम लन्डनकै रिचमण्ड पार्कमा आयोजना गरेको थियो भने सुरक्षा तथा अन्य बिभिन्न कारणले २०१२ साल देखि यता यस केम्प्टन पार्क रेसकोर्समा आयोजना गर्दै आएकोछ |

यस कार्यक्रमको दुईवटा विधा छन, एउटा अन्तर संघ संस्था नृत्य प्रतियोगिता र अर्को अन्तर संघ संस्था संस्कृतिक झाँकी प्रतियोगिता | नृत्य र झाँकी दुवैको प्राप्तांक जोडी जुन संस्थाको अंक बढी आउँछ उसले एम्बेस्टर कप र नगद ११,००/- पाउण्डको पुरुष्कार विजय गर्छ भने दोश्रो स्थान हाँसिल गर्ने संस्थाले प्रमाणपत्र र नगद ७,००/- पाउण्ड र तेश्रो हुने संस्थाले प्रमाणपत्र र नगद ५,००/- पाउण्ड प्राप्त गर्छ | उक्त पुरुष्कार नेपाली दुताबासले प्रायोजन गर्दै आएको छ | त्यस्तै गरि नृत्यलाइ यस बर्ष देखि एन आर एन युके ले प्रायोजन गरेकोले एन आर एन कप पनि भनिन्छ र नृत्यको एन आर एन कप कप र नगद ५०० पाउण्ड लमजुंग समाजले जित्न सफल भयो भने घान्द्रुक समाज दोश्रो भई कप र नगद ३०० पाउण्ड प्राप्त गर्न सफल भयो र सिक्लेस पार्चे समाज तेश्रो भई एन आर एन कप र नगद १०० पाउण्ड नगद प्राप्त गर्न सफल भयो |

यस बर्षको नेपाली मेला कार्यक्रममा बेलायतको लागि नेपाली राजदूत श्री डा. दूर्ग बहादुर सुबेदी प्रमुख अतिथि एन आर एन, आइसीसीको अध्यक्ष श्री शेष घले बिशेष अतिथि र अन्य १६ वटा देसको आमन्त्रित राजदूतहरु अतिथि रहेका थिए | त्यस्तै गरि आमन्त्रित स्थानीय सांसद (एमपी) हरु काउन्सीलका मेयरहरु, काउन्सिलरहरु र अन्य बिभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु पनि अतिथि रहेका थिए |

यस बर्षको एमबेस्टर कप झाँकी र नृत्य दुवै विधामा प्रथम भई लमजुंग समाजले हात पार्न सफल भयो भने घान्द्रुक समाज यूकेले झाँकी र नृत्य दुवै विधामा दोश्रो स्थान जितेर एमबेस्टर दोश्रो स्थान हात पार्न सफल

भयो र सिक्लेस तथा पार्चे समाज यूकेले झाँकी र नृत्य दुबैमा तेश्रो भएर एमबेस्टर तेश्रो स्थान विजय गर्न सफल भयो | स्मरण रहोस पुन क्लब युकेले स्थापना काल देखि लगातार ३ बर्ष एमबेस्टर कप विजय गर्न सफल भएर तमुधीं को नियमानुसार त्यसपछिको उसको सहभागिताहरु प्रतिस्पर्धात्मक नभई शिष्टाचार सहभागिता (Courtesy participation) मात्र रहँदै आएको छ | त्यस्तै गरी लमजुंग समाज यूकेले पनि गत २०१६ र २०१७ मा लगातार २ पटक एमबेस्टर कप हात पारिसकेको छ र अर्को साल पनि एमबेस्टर कप लमजुंग समाजले नै जितेको अवस्थामा लमजुंग समाज पनि तमुधींको नियमानुसार उसको पनि विजय लगातार तीन बर्ष हुनेछ र त्यसपछि उसको पनि सहभागिताहरु प्रतिस्पर्धाबाट बाहिरीई पुन क्लबको जस्तै शिष्टाचार सहभागिता (Courtesy participation) मात्रको हुनेछ | त्यस्तै गरी घान्द्रुक समाज यूकेले सन २०१४ सालमा पनि “पूर्वको मेची नि हाम्रै हो पश्चिमको महाकाली पनि हाम्रै हो” भन्ने बोलको गीतमा नृत्य देखाएर नृत्यमा मात्र दोश्रो हुन सफल भएको थियो | र यस पटकको हाम्रो विजय दोश्रो विजय हो |

यस पटक मौका बिशेषले हाल चर्चाको शिखरमा रहेको हाम्रै घान्द्रुके छोरा नाति लोक गीत गायक श्री राजन गुरुङ सयपत्री कल्चरल ग्रुपको निमन्त्रणामा युकेमा रहनु भएकोमा वहांको आफ्नै शब्द र लयमा बुनिएको गीत “मै जन्मेको घान्द्रुक गाउँ” बोलको गीतमा वहाँले आफैंले लाइभ गीत गएको थियो भने उक्त गीतमा श्रीमति पुनम गुरुङको नेतृत्वमा सुश्री सनम गुरुङ, आरती गुरुङ, प्रशुन गुरुङ र सुप्रिया गुरुङले उत्कृष्ट नृत्य प्रदर्शन गरेका थिए | यस प्रकार नृत्य र झाँकी दुवै विधामा घान्द्रुक समाज दोश्रो हुन सफल रहे |

आयोजक तमुधींको अनुसार करीब १० हजारको संख्यामा रहेको दर्शकको बिशाल जनसागरमा घान्द्रुक समाज यूकेले पाएको यो सफलता पक्कै चानेचुने सफलता होइन | अरु ठुला ठुला समाज, संघ संस्थाहरु पुरै जिल्लै लगाएर प्रतिस्पर्धामा भिड्छन भने उनीहरुको तुलनामा घान्द्रुक भनेको एउटा सानो गाउँ मात्र हो | यो विजय प्रवासमा रहेर पनि हामी घान्द्रुक आमाका सन्तानहरु आफ्ना पूर्वज बाबु बाजेहरुबाट प्राप्त इज्जत, गौरब, गर्ब र हाइहाई लाई बचाएर राख्न हामीले गरेको प्रयास र भ्रेज मेश्रोंको आशिर्बादको प्रतिफल हो जस्तो लाग्छ | मेरो भाई देबसिंहको भनाईलाई सापट लिनु पर्दा यो उपलब्धी हामीले त्यसै चिट्ठामा परेको जस्तो होइन बल्की यो भित्र हाम्रो कैयौं जोस जाँगर, भोग प्यास, निन्द्रा र थकाईको लगानीहरु परेका छन | हाम्रा तनहरु यो प्रवासको रमझम घुइंचो भित्र तिर होलान तर हाम्रा मनहरु त्यहि गाउँघरका पाखा पखेरुहरु तिरै घुमिरहेका, रमिरहेका हुन्छन | हामीसंग आफ्नो गाउँघरको माया छ, सपना छ, एकता छ जोस र जाँगर छ र त हामीले दुनियालाई त्यसैको नमुना, दृष्टान्त वा उदाहरण देखाउन सफल भएका छौं | धन्य छ घान्द्रुकवासीहरु; जसले जहाँ रहेतापनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्ना योगदानहरु दिएका छन | वहाँहरु सबैलाई म शीर निहुर्याई सल्युट गर्दछु र जय घान्द्रुके एकता, जय मेश्रों भन्दै यो कलमलाई यहिं बिदा दिन चहान्छु, अरु भेट अर्को लेखमा|

धन्यबाद |

नारायण सिंह गुरुङ

फेल्थम, पश्चिम लन्डन

Posted in Community News UK | Leave a comment

आर्य सत्य अथवा दुख सच्च (Noble Truth)

आर्य सत्य अथवा दुख सच्च (Noble Truth)

दुख जिवनमा अपरिहार्य छ । दुखको मुल कारण हरु छन । दुख बाट मुक्ती पाउन सम्भब छ । दुख बाट मुक्ती पाउन भगवान बुद्धले मार्ग दर्शन गर्नु भएको अश्ठाण्गिक मार्ग वा मार्ग सच्च (Noble Eight Fold Path) आवलंबन गर्न आवश्यक छ ।

आज भन्दा २५०० वर्ष पहिला भगवान बुद्धले ज्ञानको खोजिमा पिपल को रुख मुनी बसेर कठोर तपश्य गर्नु भएको थियो । फल्स्वरुप वहाँले एस तपस्या बटा यो ४ आर्य सत्य प्राप्त गर्नु भएको थियो । यो ४ आर्य सत्य बुद्ध दर्शन को महत्वपूर्ण शिक्षा हो ।

चार आर्य सत्य Four Noble Truth

(१) दुख सच्च (The truth of suffering) दुख सत्य हो र दुख मानवा जिवनमा अपरिहर्य छ ।
(२) समुदय सच्च (The truth of the origin of the suffering) दुखको मुल कारण हरु छन ।
(३) निरोध सच्च (The truth of the cessation of suffering) दुख बाट मुक्त हुन सक्छ ।
(४) अश्ठाण्गिक मार्ग वा मार्ग सच्च (The truth of the path to the cessation of suffering) अश्ठाण्गिक मार्ग मुक्तिको बाटो हो ।
यस चार आर्य सत्यमा भगवान बुद्ध लाई एउट चिकित्सकको रुपमा हेरिने गरिन्छ । पहिलो दुइ आर्य सत्यमा समस्या को पत्ता लगाउनु को साथै समस्या को कारण पहिचान गराउनु भएको छ । तेस्रो मा दुख को उपचार छ भनेर बिश्वास दिलाउनु भएको छ भने चोउथो सत्यमा उपचार को लागि उपाय हरुको मार्ग दर्शन गर्नु भएको छ ।

पहिलो आर्य सत्य (First Noble Truth)
(१) दुख सच्च (The truth of suffering) दुख सत्य हो र दुख मानवा जिवनमा अपरिहर्य छ ।
दुख धेरै किसिमको हुन्छ । तीन मुख्य दुख हरु जुन भागवान बुद्धको पहिलो दर्बार बाहिर को भ्रमन सँग संबन्धित तीन मुख्य दृश्य हरु लाई लिएको छ । (१) बुढा पन (२) रोगी (३) मृत्यु । तर बुध भन्नु हुन्छ दुखलाई यो भन्दा अझ गहिराइमा गएर बुज्नु पर्दछ । दुख अवश्य सरल छैन । जिवनमा हामीले चिताएको कहिले पनि पुग्दैन । मानव जिवन इच्छा र तृश्न को भोगी हुन ।यदी मानव चहान र तृश्न मेटी हाले पनि यो क्षनिक मात्र हो । सुख अनन्त कहिले पनि हुँदैन । बाहिरी दुख हरु जस्तै शरिरिक पिडा, मृत्यु शोक जस्ता पिडा बाट पीडित नरहे पनि मानव जिवन सुखी रहन सक्दैन । यो दुख ध्रुब सत्य हो ।
कसै लाई यो बुध दर्शन निरासबादि पनि लाग्न सक्छ । बुध भन्नु हुन्छ यो आर्य सत्य न आशबादी नै हो न निरासबदी नै । यथाबादि भने पक्कै हो । यो कुरा याद राख्न जरुरी छ कि बुद्ध दर्शन कहिले पनि दुखमा अन्त हुँदैन । यस्को अलवा बुद्ध दर्शनले कुनै समस्या लाई के गर्न सकिन्छ र कसरी समस्याको अन्त गर्न सकिन्छ भनेर मार्ग दर्शन गरेको हुन्छ ।

दोस्रो आर्य सत्य (Second Noble Truth)
२) समुदय सच्च (The truth of the origin of the suffering) दुखको मुल कारण हरु छन ।
हाम्रो दैनिक समस्या हरुको कारण हरु त हामी सजिलै सँग पहिचान गर्न सकिन्छ जस्तै कुनै चोट्को दुख, मृत्यु शोक आदी । तर बुधको दोस्रो सत्य ले के पुषटी गराउछ्भने वहाँले मानव जिवनको हार सम्स्य हरुको कारण पाउनु भएको छ । यी समस्याहरु हाम्रो साधरान चिन्ता हरु भन्दा गहिराइमा पाइन्छ ।
भागवान बुध भन्नु, हुन्छ हाम्रो दुखको जड तनह वा चहान हो । तनह तीन रुपमा पाइन्छ जसलाई वहाँले राक्षस्ता को तीन वटा जड (Three roots of evil)भनेर व्याख्या गर्नु भएको छ । साथै ३ आगो वा ३ बिश भनेर पनि भन्नु भएको छ ।
• लोभ र इच्छा संकेतीक चित्रमा कुखुरा को भाले
• अज्ञान्त र भ्रम संकेतीक चित्रमा सुङुर्
• घृना र बितृस्न संकेतीक चित्रमा सर्प
तनह पाली शब्द हो । जुन भाषामा बोधी लिपी हरु लेखिएको पाइन्छ । यस्को अर्थ चहाना वा तृश्न हो । बोधी मार्गी हरुको सकरात्मक इच्छा जस्तै सम्बोधी प्राप्त गर्ने इच्छा शक्ती र अरुको भलो चिताउने इच्छा लाई पाली भाषामा चन्दा भनिन्छ ।

अग्नी धर्म देश्ना

भिक्छु हो, यह्ं हरेक चिज हरु जली रहेको छ र त्यो के चिज होला जलिरहेको ? दृस्टी जली रहेको छ, आवरण जली रहेको छ, दृस्टी चेतना जली रहेको छ, द्रिस्टी गोचर जली रहेको छ र जे अनुभब गरे पनि आनन्द या दुख अथवा न आनन्द न दुख जुन द्रिस्टि गोचर संग प्रकट हुन्छ् र यो यस्को अवान्छनिय प्रक्रिति हो। त्यो पनि जल्नु हो। के संग जल्नु ? मोहको आगोमा जल्नु, घ्रिना को आगोमा जल्नु, भ्रमको आगोमा जल्नु। म भन्छु यो जन्म, बुढोपन र म्रित्यु संग मानशीक पिडा संग, शोक संग, विलाप संग, शारिरिक पिडा संग, निरासा संग, जलि रहेको छ ।

बुद्ध ले अरु चार इन्द्रिय हरुको बारेमा पनि यस्तै कुरा हरु गर्दै जानु भएको छ । चेतना को नकरात्मक, सकरात्मक र तटस्थ वेदना मोह का पक्षहरु देखाउनु हुदै मानशिक शोच नै दुखका कारन हुन भन्नु हुन्छ ।

तेश्रो सत्य (Third Noble Truth)
(३) निरोध सच्च (The truth of the cessation of suffering)
दुख बाट मुक्त हुन सक्छ । चहाना दुख को कारन हो र यस लाइ निभाउन हामिले हामि आफु लाइ संसारिक मोह बाट मुक्त गराउन सक्नु पर्दछ । तेश्रो आर्य सत्य – मुक्ति को सम्भावना ।
मुक्ति हाम्रै जिवन कालमा सम्भावन छ र यो सम्भावनाको बुद्ध स्वयम उदाहरन हुनुहुन्छ ।

प्यारो भिक्षु हो,जब एउटा असल बुद्ध मार्गि लाई सत्यको बोध हुन्छ । उस्ले दृस्टी आवरन्, दृस्टी चेतना, दृस्टिगोचार यि सबैमा निराशा पाइनेछ । आनन्द, पिडा, पिडा बिहिन वा आन्नन्द बिहिन अनुभब हरु, जुन दृस्टी द्वार अबिरल अवस्थामा पैद हुन्छ तेस्मा पनि निराशा नै पाइनेछ ।

निर्वान
निर्वान को अर्थ निभाउनु हो । निर्वान प्राप्त गर्नु नै बौधित्त्व प्रापत गर्नु हो । यस्को अर्थ लोभ, मोह र घ्रीना को आगो लाई निभाउनु हो ।
निर्वान प्राप्त गर्न साथ स्वर्ग लोक मा पतन हुँदैन । निर्वान एउट ध्यानको चरम आवस्था हो जहाँ साधरान मनिश पनि पुग्न सकिन्छ । यो गहिरो अध्यात्मिक आनन्द हो, यो आवस्थ भय र नकरात्मक ईमोसन रहित आवस्थ हो । जस्ले बौद्धित्त प्राप्त गर्छ उस्को बिबेक हरेक प्रानि प्रती करुनाले भरेको हुन्छ ।

जब सत्य को बोध हुन्छ र सन्सारिक भ्रम को ज्ञान हुन्छ, मोह र तृस्न बिस्तारै हराउदै जान्छ । क्रमश दुख बाट सधै को लागि मुक्त हुन्छ । जब मोक्क्ष प्राप्त हुन्छ, तब ज्ञान को बोध हुन्छ । जब ज्ञान को बोध हुन्छ उस्लाई फेरी जन्म लिनुको अर्थ रहदैन, पबित्र जिवन ब्यतित गरिसकेको र साधरन जिवन मा गर्नु पर्ने असल काम हरु सबै निस्ठवान भएर गरिसकेको हुनाले अब यो सन्सारमा गर्नु पर्ने केहि रहदैन ।

निर्वान प्राप्त गरेको ब्यक्ती यो जन्मको चक्र बाट सधैको लागी मुक्त हुन्छ ।
बुद्ध ले आफ्नो शिक्षा हरु लाई निर्वान बारे कम प्रश्न गर्न प्रोत्साहित गर्नु हुन्थ्यो । बुद्ध आफ्नो शिक्षा हरु लाई सधै आफ्नो अगाडी भएको काम लाई प्राथमिक्त दिदै एकाग्र भएर यो सन्सारिक दुख को चक्र बाट मुक्त गराउन चाहनु हुन्थ्यो । एउट चिकित्सक जो ज्यान जोगाउन लागी परेको छ उसलाई धेरै प्रश्न हरु गर्न उचित हुँदैन ।

चौथों आर्य स्त्य (The Fourth Noble Truth)
अश्ठाण्गिक मार्ग वा मार्ग सच्च (The truth of the path to the cessation of suffering)

यो आखिरी आर्य सत्य दुख बाट पूर्ण मुक्त पाउन बुद्धको पृस्कृप्सन(prescription) हो । यो आठ वटा श्रेनिबद्द मार्ग दर्शन लाई अश्ठाण्गिक मार्ग वा पाली मा मार्ग सच्चा भनिन्छ ।

यो अश्ठाङिक मार्ग लाई मध्यम मार्ग पनि भनिन्छ । किनभने यस्ले अति भोग बिलाश वा कठोर तपस्या दुबै बाटा टाड रहन प्रोत्साहित गर्छ जुन बुध को ज्ञानको खोजिमा बडो कठिन सबित भएको थियो ।

1. सम्यक दृस्टी / Sammā Ditthi – Right Understanding
• बुद्ध दर्शन लाई स्विकार गर्नु (बुद्ध ले कहिले पनि आफ्नो शिक्षा हरुलाई आफ्नो दर्शन आन्धा धुन्द मा बिस्वास गर्न चाहदैन थियो बरु यसलाई ब्यवाहारमा उतार्न र अफै सत्य र असत्य को पहिचान गर्न चाहनुहुन्थ्यो ।)
2. सम्यक संकल्प/ Sammā San̄kappa – Right Intention –
• असल चरित्र को लागी मेहनत गर्नु
3. सम्यक वचन / Sammā Vācā – Right Speech
• सत्य बोल्नु, गाली गलौचा नगर्नु,अप शब्द नबोल्नु,अरुको कुरा नकाट्नु
4. सम्यक कर्मान्त / Sammā Kammanta – Right Action
• शान्त र हर्षित व्य्वाहार; चोरि, काट मार्,भोग विलाश बाट टाढ रहनु ।
5. सम्यक आजीव / Sammā Ajīva – Right Livelihood
• जिबिकोपर्जन को लागी कुनै काम गर्दा यदी तेस कामले कुनै प्रानी लाई हानी पुराउछ भने तेस्तो काम गर्नु हुँदैन जस्तै स्रम शोशन्, प्रान हत्य, लागु पदार्थ वा हात हातीयार को ब्यापार
6. सम्यक व्यायाम / Sammā Vāyāma – Right Effort
• सकरात्मक चेतनाको बिकाश गर्ने; कुकार्य बाट मुक्त हुने र भबिश्य मा पणी एस्ता कुकार्य बाट टाडा रहन कोशीस गर्ने ।
7. सम्यक स्मृती / Sammā Sati – Right Mindfulness
• शारिरिक बेदना,भावना र मानषिक स्थिती को ध्यान बिकाश गर्ने ।
8. सम्यक समाधी /Sammā Samādhi – Right Concentration
• ध्यान को लागी चाहिने मानषिक एकाग्रता को बिकाश गर्ने ।

यो आठ श्रेनी लाई पन्क्तिबद्द गर्न सकिन्छ ।
सती (सही बुझाइ र सही चाह्ना)
शिल (सही भाषा, सही कर्म र सही पेशा)
समाधी (सही कोषिस्, सही ध्यान र एकाग्रता)

बुद्ध ले यो अश्ठाङ्गिक मार्ग बौधित्त्व प्राप्त गर्ने मार्ग हो भनेर बताउनु भएको छ । बुद्ध भन्नु हुन्छ यो अश्ठाङ्गिक मार्ग नदी पार गर्ने एउटा डुंगा जस्तै हो । जसरि नदिको आर्को किणारमा पुगे पछी डुंगा को कुनै औचित्य हुँदैन तेसै गरी जब एउटा ज्ञानी ले बौधित्व प्राप्त गर्छ यो अश्ठाङ्गिक मार्ग को औचित्य पनि रह्ंदैन ।

भवतु सब्ब मगंलम !

साधु ! साधु!! साधु!!!

राज गुरुङ वोकिङ युके

Posted in Uncategorized | Leave a comment

घान्द्रुक समाज युके नवौं बार्षिक साधरण सभा छलफल टिपोट


आज मिती ४ मार्च २०१७ शनिबारको दिनमा फानबोरो स्थित ओक फर्म कम्युनिटी स्कुलको हलमा श्री मेश्रम बराह घान्द्रुक वेलफेयर सोसाइटी युकेको नवौं बार्षिक साधरण सभा देहाएको सदश्य ज्युहरुको उपस्थितिमा सम्पन्न हुन गैरहेको छ । समितिका अध्यक्ष क्या,श्री पुर्ण बहादुर गुरुङ ज्युको सभापतित्वमा सम्पन्न उक्त साधरण सभामा पूर्व प्रसारित कार्यक्रमकै एजेण्डाहरुमा बिशेष छलफल भै बिभिन्न निर्नयहरु पनि गरिएको छ जुन तल उल्लेख गरिएको छ ।
उपस्थिती

(१) क्या श्री पुर्ण बहादुर गुरुङ – अध्यक्ष
(२) श्री अर्जुन गुरुङ – उपाध्यक्ष
(३) श्री रोशन गुरुङ – महासचिप
(४) श्री भुपेन्द्र गुरुङ – सहसचिप
(५) श्री यम गुरुङ – कोषाध्यक्ष
(६) श्री ज्ञान प्रसाद गुरुङ – खाध्य संयोजक
(७) मे उदय गुरुङ – संस्थापक अध्यक्ष

सल्लाकार

(८) श्री गोपी गुरुङ
(९) श्री राज बहादुर गुरुङ
(१०) श्री नारायण सिङ गुरुङ
(११) श्री अमर प्रसाद गुरुङ
(१२) श्री ज्ञान प्रसाद गुरुङ

(१३) श्रीमती शान्ती गुरुङ – अध्यक्ष आमा समुह
(१४) श्रीमती रुप कुमारी गुरुङ – उपाध्यक्ष आमा समुह
(१५) श्रीमती सुनिता गुरुङ (४)
(१६) श्रीमती हिरा गुरुङ (२)
(१७) श्रीमती शान्ती गुरुङ (२)
(१८) श्रीमती पुर्ण कुमारी गुरुङ (२)
(१९) श्री मन प्रसाद गुरुङ (२)
(२०) श्री नर काजी गुरुङ (८)
(२१) श्री हिरा बहादुर गुरुङ (४)
(२२) श्री लाल प्रसाद गुरुङ (२)
(२३) श्री ज्ञान प्रसाद गुरुङ (६)
(२४) श्री नारायाण गुरुङ (८)
(२५) श्री कुल बहादुर गुरुङ (८) (
२६) श्री लिलमान गुरुङ (८)
(२७) श्री कुल बहादुर गुरुङ (८)
(२८) श्री रस बहादुर गुरुङ (९)
(२९) श्री प्रकास गुरुङ (८)
(३०) श्री हरी गुरुङ (७)
(३१) श्री नेत्र गुरुङ (८)
(३२) श्री श्याम गुरुङ (७)
(३३) श्री प्रीतम गुरुङ (४)
(३४) श्री गम बहादुर गुरुङ (३)
(३५) श्री देब राज गुरुङ (२)
(३६) श्री रमेश गुरुङ (८)
(३७) श्री डम्बर गुरुङ (३)
(३८) श्री लक्षिम गुरुङ (७)
(३९) श्री शेर काजी गुरुङ (२)
(४०) श्रीमती रन्जना गुरुङ (२)
(४१) श्री संजय गुरुङ (७)
(४२) पुजा गुरुङ (७)
(४३) श्री देब सिङ गुरुङ (८)
(४४) श्री राज कुमार गुरुङ (२)
(४५) श्री जिवन गुरुङ (८)
(४६) श्री तेज राज गुरुङ (२)
(४७) श्री सत्र मान गुरुङ (६)
(४८) श्रीमती कमला गुरुङ (६)
(४९) श्री धर्म गुरुङ (४)
(५०) श्री राम बहादुर गुरुङ (३)
(५१) श्रीमती डिलु गुरुङ (१)


पूर्व निर्धारित समय अनुसार नै करिब १२ बजे कार्यक्रम महासचिप श्री रोशन गुरुङले आसन ग्रहन गराउदै सुरु भयो । त्यस पश्यात वहाँले नै युकेको नियम अनुसार (Health and Safty) को बारेमा पनि जानकारी गराउनु भयो । त्यसको लगतै समाजका दिबंगत सदश्यहरुको नाममा एक मिनेट मौन धारण गराउनु भयो ।

त्यस पछी समाजको अध्यक्षज्युले दिप प्रज्वलन गरेर कार्यक्रम बिधिबत रुपमा सुरु भयो ।

एजेण्डा – समाजको उपाध्यक्ष श्री अर्जुन गुरुङ र आमा समुहाको अध्यक्ष श्रीमती शान्ती गुरुङको राजिनामा बारेमा उपरोक्त एजेण्डाको सम्बन्धमा सर्ब प्रथम उपाध्यक्ष श्री अर्जुन गुरुङज्युले आफ्नो राजिनामाको बारेमा कारण सहित मन्तब्य राख्नु भयो । त्यसको लगतै सल्लाहकार तथा सदश्य श्री अमर गुरुङज्युले पनि आफ्नो धारणा राख्नु भयो । धारणा राख्ने क्रममा जानी या नजानी यदी आफ्नो कारण सर्बजानिक सन्जालहरुमा राखेको अभिब्यक्ती बाट कसै लाई अर्थात समाज लाई वा श्री अर्जुन गुरुङज्यु लाई केही चोट पुग्न गएमा क्षमा प्रार्थी छु तर राजिनामा फिर्ता गरी दिनु होला भन्ने अनुरोध पनि गर्नु भयो । त्यस पछी बिशेष छलफल गरी सबैको अनुरोध लाई आत्मसाथ गर्दै उपाध्यक्ष श्री अर्जुन गुरुङ तथा आमा समुहाकी अध्यक्ष श्रीमती शान्ती गुरुङज्युले आफ्नो राजिनामा फिर्ता लिनु भयो ।

संस्थाको महासचिप श्री रोशन गुरुङज्युले यस आर्थीक बर्षको बार्षिक प्रतिबेदन पढेर सुनाउनु भयो र त्यस माथी पनि ब्यापक छलफल गरी अनुमोदन गरियो ।

त्यस पछी संस्थाको कोषाध्यक्ष श्री यम बहादुर गुरुङज्युले Power Point को मदतले आय ब्याय बिबरण प्रस्तुत गर्नु भयो । त्यस लाई पनि छलफल पछी अनुमोदन गरियो । साथै वहाँले एक पटक सकृय सदश्य लिई सकेपछी कुनै सदश्यहरु निष्कृय भएमा अर्थात सदश्यता नबिकरण नगरेमा पुन दुई पटकको सदश्य सुल्क तिरे पछी पुन सकृय सदश्य बनाउने भन्ने प्रस्ताब लाई सर्ब सम्मत बाट पारित गरियो । साथै जुन घान्द्रुकेले यस समाजको सदश्यता लिएको छैन तर कुनै सदश्यको मर्दा पर्दा उठाउने रकम १० पाउण्ड दिएको खण्डमा समाजको सम्पुर्ण नियम जानकरी गराएर मात्रै लिने । यसको अर्थ यदी यस समाजको सदश्यता नलिएका घान्द्रुकेहरु माथी केहि राम्रो नराम्रो परेको खण्डमा समाजले पैसा उठाएर नदिने जानकरी गराउने भन्ने सुझाब पनि पारित गरियो ।

Ghandruke, com संबन्धमा संस्थापक श्री राज बहादुर गुरुङज्युले यस Website को बारेमा Up to date गर्नु भयो । हाल 284.48 pound खर्च गरेर पुन नबिकरण गरेको जानकारी गराउनु भयो ।

खेलकुद संबन्धमा खेलकुद संयोजक श्री राज कुमार गुरुङज्युले आफ्नो धारणा एबं गतिबिधिहरुको संबन्धमा जानकारी गराउनु भयो । साथै आउने गोर्खा कपमा उपस्थितिको लागी सबै लाई अनुरोध पनि गर्नु भयो ।

लेखा परिक्षण प्रतिबेदन – गत सालको झै यस बर्ष पनि लेखा परिक्षण संयोजक श्री नारायण सिङ गुरुङज्युले प्रतिबेदन प्रस्तुत गर्नु भयो । त्यस माथी पनि बिशेष छलफल गरी अनुमोदन गरियो ।

खाध्य संयोजक श्री ज्ञान प्रसाद गुरुङज्युले साधरण सभामा आउनु हुने सदश्यहरुले आहिले सम्म त्यो दिनमा खाने खानाको लागी आफ्नै रकम तिरी राखेकोमा अब उप्रान्त समाजले नै बेहोरे कसो होला भन्ने प्रस्ताबमा बिशेष छलफल गरी समाजको नेपालको बैंकमा राखेको रकम बाट प्राप्त हुन आएको ब्याज बाट नै परिपुर्ती गर्ने गरी अब साधरण सभाको खाना समाजले नै ब्योहोर्ने निर्नय गरियो ।

आमा समुहाको कोषाध्यक्ष श्रीमती कमला गुरुङज्युले पनि यस बर्षको आमा समुहाको हर हिसाबको प्रतिबेदन सुनाउनु भयो त्यस लाई पनि ताली बजाएर अनुमोदन गरियो ।

Ghandruk Preservation Trust (GPT) संबन्धमा Director मेजर श्री उदय गुरुङज्युले पनि यसको बारेमा प्रगती बिबरण सुनाउनु भयो । त्यस्तै गत साल Trust को लागी कोष खडा गर्न अग्रसर हुनु भएका श्री भुपेन्द्र गुरुङज्युले पनि आफ्नो धारणा राख्नु भयो ।

त्यस पछी अध्यक्ष ज्युले समय लिएर केही बांकी रहेको Issues हरु राख्नु भयो । त्यस मध्य घान्द्रुक नेपाल बाट बहिरा संघले सहयोगको लागी पठाउनु भएको पत्र माथी बिशेष छलफल गरी समाजको कोष बाट नभै स्व ईच्छाले चन्दा दिने निर्नय गरियो ।

त्यस्तै NRN UK को तर्फ बाट युकेमा नेपाल हाउस बनाउने उदेश्यले आएको सहयोग पत्रको बारेमा पनि छलफल गरी समाज कै कोष बाट १००० पाउन्ड (एक हजार) दिने निर्नय गरियो ।

त्यस्तै चाने देखी गाँउ सम्म अर्थात उपल्लो मोटर बाटो समिती बाट सहयोगको निमित पठाएको पत्रको बारेमा पनि बिशेष छलफल भयो । बैठक बाट भैराखेको एतिहांसिक ढुङ्गे बाटो लाई भत्काएर गैरहेको हुनाले चन्दा दिन सबै सहमत तर पहिला बाटो भत्काएको संबन्धमा सडक निर्माणको लागी गठित कार्य समितिको बिचार बुझ्ने भन्ने निर्नय गरेको हुनाले पहिला पुरानो बाटो भत्काएकोमा असहमती जनाउनेहरुको हस्तक्षर समेत गरेको हुनाले पहिला त्यस माथी ध्यानार्षक गराउने निर्नय गरियो । त्यस पछी वहाँ बाट चित्त बुझ्दो जवाफ आएमा त्यस पछी स्वईच्छाले चन्दा सङ्कलन गर्ने निर्नय गरियो ।

करिब ५ बजे तिर उपस्थित सम्पुर्ण सदश्यहरु लाई धन्यबाद ज्ञापन गर्दै आजको यो नवौं बार्षिक साधरण सभा सम्पन्न भयो ।
धन्यबाद

घान्द्रुक समाज युके (SMBGWS UK)
छलफल टिपोट देब सिङ गुरुङ (फानबोरो)

Posted in Community News UK | 1 Comment

अन्नपुर्ण गाउँपालिका, कास्की ।


नेपालको संविधानको धारा ५६ (१) ले संघ¸प्रदेशर स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यबस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिका¸नगरपालिका र जिल्लासभा रहने तथा सामाजिक साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष¸संरक्षित वा स्वायत्तक्षेत्र कायमगर्न सकिने व्यबस्था गरेकोछ।उपर्युक्त संवैधानिक व्यबस्था बमोजिम निर्माण हुने गाउँपालिका¸ नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रहरुको संख्या तथा सीमाना निर्धारण गर्न सोही संविधानको धारा २९५ को उपधारा (४) बमोजिम संविधान प्रारम्भ भएको मितिले ६ महिनाभित्र गठन गरिनु पर्ने आयोग नेपाल सरकारबाट गठन गरी सो को कार्यशर्त र मापदण्डतोक्नु पर्ने भएकोले नेपाल सरकार (मं.प.) को मिति २०७२/१२/१ को निर्णय बाट सो आयोग गठन गरी उक्त क्षेत्रहरुको संख्या तथा सीमाना निर्धारणको काम भै रहेको छ | यस क्रममा संख्या र सिमांकनको बारेमा धेरै ठाउँमा विवाद उत्पन्न भएको छ ।

यसै क्रममा कास्की जिल्लामा पनि जिल्ला प्राविधिक सहयोग समितिले हालै २ वटा खाका (मोडेल) आयोगमा पेश गरेको समाचार आएका छन् जस अनुसार १ – २ नगरपालिका र ३ – ५ गाउँपालिका प्रस्ताव गरिएका छन् । प्रस्तावित अन्नपुर्ण गाउँपालिका अन्तर्गत घान्द्रुक, दाङ्गसिङ्ग, लुम्ले, सल्यान, भदौरे-तमागी १ र २ र ढिकुरपोखरी गा.वि.स. हरु रहेका छन् । केन्द्र काँडे वा ढिकुर पोखरी प्रस्ताव गरिएको छ । केन्द्रमा सबै प्रशासनिक निकायहरु रहने छन् । त्यस्तै साविक घान्द्रुक गा.वि.स. लाई २ वडामा (९ र १०) विभक्त गरिएको छ: वडा नं. १ देखि ५ को केन्द्र साविक को गा.वि.स. भवन भएको स्थान र डा नं. ६ देखि ९ को केन्द्र उरी प्रस्ताव गरिएको छ ।

व्य्कतिगत रुपमा गाउँपालिकाको केन्द्र काँडे वा ढिकुर पोखरी र वडा नं. १० को केन्द्र उरी व्यवहारिक लागेको छैन । यी स्थानीय तहहरुको संख्या र सिमाना निर्धारण गर्न गाउँका जनतासंग गहिराईमा छलफल भए जस्तो लाग्दैन । भए पनि १-२ जना कथित राजनैतिक दलका नेताहरुसंग मात्र भए जस्तो लाग्छ । प्रस्तावित अन्नपुर्ण गाउँपालिका भित्र भौगोलिक रुपमा सब भन्दा ठूलो क्षेत्र घान्द्रुक गा.वि.स. ले ओगटदो रहेछ । तसर्थ सबै भन्दा बढी प्राकृतिक श्रोत हाम्रो क्षेत्रमा, त्यस पछि लुम्ले ग.वि.स मा रहेको देखिन्छ । साथै ढिकुरपोखरीलाई यस गाउँपालिकामा समावेश गर्न को कुनै तुक / आवश्यक देख्दिन । भोलीका दिनमा ढिकुरपोखरीका वासिन्दाको हालीमुहाली हुने सम्भावना देख्दछु । तसर्थ सही र पाएक पर्ने/व्यावहारिक किसिमको सिमांकनमा सबै गाउँलेहरु सचेत हुन् अत्यन्त आवश्यक रहेको ठान्दछु ।

विषय सन्दर्भ बुझ्न सजिलो होस् भन्ने मनशायले संख्या तथा सिमाना निर्धारण आयोग, जी.वि.स. कास्कीको प्रस्तावित प्रतिवेदन र यस सम्बन्धि विभिन्न समाचार लेखहरुको साथै लिंक शेयर गरेको छु । म आफैले Arc GIS Software को मद्दतले बनाएको घान्द्रुक ग.वि.स. को वडा नं. १ देखि ९ सम्मको विभिन्न ६ किसिमका नक्शा हरु पनि संग्लग्न गरेको छु । यसले हाम्रो क्षेत्रको भौगोलिक अवस्था एवं क्षेत्रफ़ल बुझ्न सघाउने छ भन्ने आशा गर्दछु ।

सकारत्मक प्रतिक्रियाको अपेक्षा सहित…….

कृष्ण गुरुङ घान्द्रुक ४
National Trust for Nature Conservation (NTNC)

यस्तो छ कास्कीको गाउँपालिका र नगरपालिकाको पुनर्संरचना खाका

कास्कीमा पुनर्सरचनाका तीन मोडल सिफारीस (कुन कुन गाविस कता सहित)

कास्कीमा गाउँपालिका र नगरपालिकाको खाका यस्तो आयो

कास्कीभित्रकाे सिमांकन गर्न समितिले मापदण्ड विपरीत खाका बुझायो

कास्की जिल्लाको स्थानीय तह पुनर्संरचना सम्बन्धी प्रस्तावित प्रतिवेदन

Posted in Community News Ghandruk, Uncategorized | Leave a comment

ढुंगेनी गाउँ घान्द्रुक अव ढुंगेनी गाउँ रहेन


प्रकृतिले हामीलाई हिमाल मात्र दिइएको छैन, अन्य थुप्रै प्राकृतिक कोशेलीहरु पनि दिएका छन जस मध्ये ढुंगा पनि एक हो | यस पटक म अरुको वारेमा ब्याख्य, वहस गर्दिन | समय सन्दर्भ र प्रसंग ढुंगाको भएकोले ढुंगाकै वारेमा आफ्ना धारणा राख्दछु |

एकपटक ठण्ड दिमागले ध्यान केन्द्रित गरी हेरौं, अनि सोचौं त घान्द्रुकको प्रत्येक घरको छाना ढुंगाको छपनीले छाएको छ, प्रत्येक घरको आगनहरु ढुंगाले छाएको छ, गाउँ भित्रको बाटोहरु सबै ढुंगा कै छपनीले छाएका छन | यति मात्र कहाँ हो र हाम्रा राजमार्ग जस्तै चाने देखि पन्चे सम्मको मूल बाटो (सयर घ्याँ) विश्वास मान्नै नसकिने ठुला ठुला आकारका छपनीहरुले छाएका छन | त्यसैले त यहि मौलिकतामा हाम्रो परिचय, पहिचान, गर्ब अनि ख्याति अन्तर्निहित भएर रहेको छ जस्तै “ढुंगेनी गाउँ घान्द्रुक” |

म संयुक्त राष्ट्र संघीय वालकोष (UNICEF) क्षेत्रीय कार्यालय, पोखरामा ३ बर्ष कार्यरत रहंदा पश्चिमान्चल क्षेत्रले ओगड़ेको १६ जिल्लाहरु मध्ये निक्कै धेरै जिल्लाहरु अवलोकन गर्ने अवशर पाएको छु | त्यस्तै गरी ३ बर्ष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) क्षेत्रीय कार्यालय सिक्लेस र सार्दीखोला गा.बि.स. स्थित घलेखर्कमा कार्यरत रहंदा थुप्रै गाउँहरु अवलोकन गर्ने अवशर पाएको छु | मैले घुमेको गाउँहरु वा म पुगेको ठाउँहरुमा छातीमा हात राखेर इमान्दारसंग भन्छु त्यस्तो ढुंगा नै ढुंगाले बनेको गाउँ कहीं देखेको छैन | त्यसैले दुनियाले भनेको रहेछ “ढुंगेनी गाउँ घान्द्रुक घुम्न जाउँ” | यो भनाई हामी आफैंले भनेको होइन अरुले नै भनेको र दिएको नाम हो |

यहि मौलिकपन घान्द्रुक र घान्द्रुकेको जीवन शैली हेर्न स्वदेसी तथा बिदेसी पर्यटकहरु बर्षेनी लाखौँको संख्यामा घान्द्रुक आउने गर्छन | मैले यो भनिरहँदा म हंगकंगमा छंदाको एउटा घटनाको याद आउँछ | सन २००३ साल तिर हुंदो, हंगकंगको जोर्डन स्थित कंगन रेस्टुरेन्टमा नेपालको अति नै सुप्रसिध्द न्युरोलोजिष्ट सर्जन डा. उपेन्द्र देवकोटासंग भेट भयो | परिचयको क्रममा वहांको परिचय त गर्नु पर्ने कुरै भएन, आफ्नो परिचय दिंदा नेपालको घर घान्द्रुक भन्ने बित्तिकै त्यस परिचयले विशेष किसिमले वहांको ध्यानाकर्षण गरायो | त्यसपछि वहाँले “तपाईंहरु त भाग्यमानीहरु हो”, भन्नु भयो | वहाँले ढुंगइ ढुंगाले बनेको घान्द्रुकको बयान गर्नु भयो | आफ्नो बाजेले वाग्लुंग जाँदा फर्कि आउने बाटोमा घान्द्रुक पस्नु भएको र घान्द्रुकको चिनो स्वरूप घान्द्रुकमा बुनेको अति नै लोकप्रिय वाके काम्लो लिएर आउनु भा को र अहिले सम्म आफूले जतन गरेर सुरक्षितसाथ राख्नु भएको प्रसंगहरु सुनाउनु भयो | प्रसंगवस वहाँले घान्द्रुकको प्रशंसाको साथसाथै केहि सुझाबहरु पनि दिन भ्याउनु भयो | जस्तै हिजोको मौलिक पहिचान बोकेको घान्द्रुक र अहिले आरसिसी ढलानले युक्त घरहरु भएको घान्द्रुकको तुलना गरेर भन्नु भयो | कति समय पहिले देखि योजनाहरु बुनेर आरसिसी घरहरु हेर्न कोही पर्यटकहरु आउदैनन, झुक्किएर आइहाले पनि अर्को पटक देखि फेरी आउने संकल्प पनि गर्दैन, अरुलाई घान्द्रुक जान सल्लाह पनि दिंदैनन | हामी कहाँ २०, २५ पटक सम्म घान्द्रुक आइरहने र जति पटक आए पनि नअघाउने पर्यटकहरु आउने गर्छन | तपाईंहरुले अहिलेको जस्तो नयाँ ढलान घरहरु बनाउनेहरुलाई संझाउनु होस् | यि ढुंगेनी घर, बाटोघाटोहरुको संरक्षण गर्नु होस् भन्ने सुझाबहरु मेरो मानसपटलमा एकदम ताजा छ, अहिले भर्खर जस्तो लाग्छ |

तर बिडम्बना समयले कोल्टे फेरिसकेको छ | हामी अहिले घान्द्रुकको रुप फेर्न उद्दत छौं | हामी आफ्नो पूर्खाहरुबाट नासोको रुपमा प्राप्त मौलिकपन र पहिचान वोकेको घर आगनहरुलाई आरसिसी ढलानमा रुपान्तर गर्न आँखा चिम्लिएर कम्मर कसिरहेछौँ | घर आगन मात्र होइन हाम्रो कैयौं बर्ष देखिको पूर्खाले नासोको रुपमा छोडेको गौरबपूर्ण ईतिहास, पहिचान र गर्ब वोकेको चाने देखि पन्चे सम्मको मूलबाटो (सयर घ्याँ) पनि मनमा एकरति पश्चाताप र आत्मग्लानी भाबना बिना रातारात बिकासको नाममा नामेट पार्दैछौं | के थियो त्यस्तो वाध्यात्मक परिस्थिति ? के त्यो बाहेक अरु बिकल्प केही थिएन ? हाम्रो आफ्नो अमुल्य सम्पदाको मुल्य र महत्व वाहिरको मान्छेले बुझेर के गर्ने, हामी आफैले नै नबुझे पछि ? खासै भन्ने हो भने जसरी चाइनाले आफ्नो ग्रेटवाल प्रति गर्ब गर्छ, यो पनि हाम्रो लागि ग्रेटवाल जस्तै होइन र ? भलै ग्रेटवाल आकार प्रकारको दृष्टिकोणले ठूलो होलान र हाम्रो बाटो सानो होलान तर माया र भाबनाको दृष्टिकोणले ठूलो सानो हुँदैन | जुन चिजले हामीलाई इज्जत दियो, मान दियो, मर्यादा दियो, ख्याति दियो, संसारलाई चिनायो त्यहि चिज हामीले चिनेनौ र त्यसको अस्तित्व मेटाउन अग्रसर भयौं |

नाम मात्र ढुंगेनी गाउँ भनेर के गर्ने ? एकातिर हामी ढुंगेनी गाउँको नाम लिन पनि छोडेको छैनौ अर्को तिर हामी त्यहि ढुंगेनी गाउँको पहिचानको गला घोटेर अस्तित्व समाप्त गर्ने तिर लाग्दैछौं | उचित सोच, दृष्टिकोण दूरदर्सिता बिना गरेको विकास निर्माण र अपुरो आधुनिकीकरणको रङ्गले सुन्दर अनुहार पोतेर हामी दिनानुदिन कुरूप बन्नतिर उन्मुख छौं | र हिजोको दिनको चौडा छाती र उच्च शीर लिएर हिंडेको हामी घान्द्रुकेहरुको स्थिति बाघबाट स्यालको दर्जामा पुच्छर लुकाउदै हिंड्ने दिन आएको छ |

हामी सबैले एकपटक इमान्दार भई छातीमा हात राख्दै ठण्ड दिमागले भ्रेज मेश्रोंलाई साछी राखेर सोचौं त | के हामीले बाउबाजे वा पूर्खाहरुबाट प्राप्त इज्जत र प्रतिष्ठा सहितको नासो घान्द्रुकलाई बडीबढाउ गरेर नसके पनि कम्तिमा यथास्थितिमा भाबी सन्ततिलाई हस्तान्तरण गर्नु पर्नेमा के त्यो काम हामीबाट भईरहेको छ त ?

आजलाई यति नै |

नारायण सिंह गुरुङ

फेल्थम, पश्चिम लन्डन

२५ फेब्रुअरी २०१७

Posted in Narayan's Blog | 2 Comments

Destruction of Sayer Ghya (Save Ghandruke Heritage)

Ghandruk boast for its network of beautiful trails and SAYER GHYA is the most beautiful trail of all. It was built more than a century ago under the leadership of then chieftain late Golman Gurung. The trail begins from Chane Khola and ends at Panche, covering about 6 km of steep cliff edges on a massive mountain side. Huge boulders were cut and enormous wall foundations were raised from down below to make a path big enough to allow human and cattle traffic to pass.

To build such infrastructure at the time with the tools available was of course a monumental challenge. However, with the sheer perseverance and determination of our ancestors it was built in such perfection that barely a slate of stone was replaced by the later generation. Flights of steps with solid slates were built to ease the farmers with heavy weights of harvest carried on their back. Beautiful chautaras were built in every kilometre to rest and take the weight off their head for a breather. Caves along the trail served as perfect shades for travelers in the monsoon. Nepal has millions of such trails but due to the poor state of the trails people struggle to walk even in daylight but fortunately this was not true in Ghandruk. In SAYER GHYA you can easily walk the trail in pitch darkness. Millions of people who walked this trail admired the ingenuity and perseverance of our ancestors. Sadly this is being destroyed by a bunch of bigoted and self-centered individuals who do not understand the value of this cultural heritage that depicts our own identity.

I love hiking myself and have hiked numerous trails both in Hong Kong and in the UK. However, walking in this trail has always been a different experience, an experience of sheer joy and happiness. The beautiful scenery of Modi gorge, the terraces of paddy fields and villages dotted around in the hills on the other side of the Modi gorge is simply breath taking. As you walk north the unfolding of sublime Himalayas are simply awesome. No matter how tired you are the eagerness of what comes next will  keep you going. The traffic of cattle and farmers during the farming season fills the thoroughfare from dawn to dusk. School children trotting back and forth to school, people collecting fodder above and below the cliff edges singing folk songs lifts the spirit of local and international travelers walking the trail. The more I dig in to my fond memories of the good old days at this trail, the more it makes my stomach churn and my blood boils at this reckless destruction.

For years we took this trail for granted and never thought seriously about preservation let alone development. We always wanted tourists to visit our village but we did not do anything concrete to attract them. We did maintain the trail but completely ignored improvements to the surrounding environment. If we had been a little bit more thoughtful and made an effort to develop this trail we could have possibly further improve our visitors’ experience. Simply planting different species of trees and flowers along the trail would have made a lot  more difference. My point here is had we been caring and appreciative for what our ancestors did for us we would not have seen this unfortunate state of our treasured heritage.

The destruction of this beautiful trail is now underway. There are shocking pictures of bulldozers destroying the beautiful flights of steps and slates of flagstones laid along the trail and turning it into pile of dirt. This madness is breaking all Ghandruke hearts around the world.

Let us unite in condemning this despicable act in the strongest of terms and punish the perpetrators for causing a criminal damage to Ghandruke heritage property. This beautiful trail (SAYER GHYA) is our identity, pride, asset and cultural heritage. Please stop this madness now!

Please sign the petition 

Jai Bhrej Meshrong!

Raj Gurung Woking UK

Posted in Road to Ghandruk | 5 Comments

बाटो निर्माण कार्यकोलागि चन्दा संकलन अभियान

श्रीमान अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीज्युहरु सम्पूर्ण गाउँवासी दाज्युभाई तथा दिदीबहिनीहरु,

हालै नेपाल स्थित घान्द्रुकको सिवैं देखि कलाडाँडा हुँदै घान्द्रुक गा.बि.. भवन सम्म जोड्ने मोटर बाटो निर्माणको लागि चन्दा संकलन अभियान सम्बन्धमा बजारमा बिभिन्न माध्यमहरुमा उठेको समाचारको तरंगहरुले ध्यानाकर्षण भएकोले एउटा जिम्मेवार सल्लाहकार/सदस्यको हैसियतले आफ्नो धारणा अभिव्यक्त गर्न हार्दिक अपील सहित दुइ शब्द राख्ने अनुमति चहान्छु |

हालको चन्दा संकलन सम्बन्धमा मेरो बुझाइ 

नेपाल सरकारको आफ्नो गा.बि.. भवन सम्म स्थानीय जनसमुदायको समेत सहभागितामा मोटर बाटोले जोड्ने भन्ने नीति अनुसार हाल ब्याँसी देखि बाटो अगाडी बढाउने क्रममा स्थानीयवासीहरुको  मतमतान्तरको कारण बाटो निर्माण कार्य दुइ समुहमा विभाजित भई एक समूहले चाने देखि विकासे डाँडा हुँदै लाने अर्को समूहले सिवैं देखि कलाडाँडा हुँदै लाने काम भई रहेको कुरा हाम्रो लागि दुर्भाग्यपूर्ण दुखद समाचार हो | माथिल्लो बाटोको निर्माण केहि कारणवस विकासे डाँडा सम्म लगेर केहि समयको लागि स्थगित रहेर पुन: खन्न शुरु गरेको समाचारहरु बिभिन्न स्रोतहरुबाट सुन्नमा आउछ भने तल सिवैं देखि कलाडाँडा हुँदै जाने बाटो द्रुततर गतिमा अगाडी बढ्दै गरेको समाचार पनि बिभिन्न स्रोतहरुबाट सुन्नमा आउँछ | खैर बाटोको सम्भाव्यता कुन राम्रो कुन नराम्रो भन्ने कुरा आफ्नो ठाउँमा तर त्यसमा लाग्ने गाउँवासीहरु नातागोताको दृस्टीकोणले हाम्रो लागि सबै एकै हुन |

जे भएपनि माथिल्लो बाटो निर्माण समितिबाट हाल सम्म कुनै आर्थिक सहयोगको निबेदन आएको छैन भने तलको सिवैं देखि जाने बाटोको चाहिं गत नोभेम्बर महिनामा निबेदन आएको थियो त्यस निबेदन सम्बन्धमा गत डिसेम्बर २०१६ मा अल्डरसटको भेटघाट रेस्टुरेन्टमा बैठक बसी बैठकमा उपस्थित २५, ३० जना सदस्यहरुको उपस्थितीले बृहद छलफल गरेपछि निस्कर्षमा हामीसंग कोषमा त्यति सहयोग गर्न सक्ने पर्याप्त  कोष पनि छैन दुई समूह भएपछि बिबादित हुन सक्ने भएकोले कोषबाट कुनै सहायता दिन नसक्ने तर उद्देश्य कुन बाटोको लागि भन्ने कुरा प्रस्टै त्यसैमा आफ्नो सोइच्छाले दिने सहयोग चन्दा संकलन गरी पठाउने भन्ने निर्णय भयो सो काम अगाडी बढाउन समाजको अध्यक्ष श्री पूर्ण गुरुङले सचिब श्री रोशन गुरुङलाई निर्देशन दिनु भयो तर सचिब रोशन गुरुङको कामको व्यस्तताले गर्दा यो अभियान चलाउन केहि बिलम्ब होला जस्तो भएकोले सो काम समितिको सदस्यहरुको सल्लाहले उपाध्यक्ष अर्जुन गुरुङले गर्ने भएको थियो सोहि अनुसार चन्दा संकलन पनि हुँदै गरेको थियो | अचानक हामीहरु मध्ये कुनै सदस्यले यो सहयोग रकम दुई समूहलाई बराबर बाँड्नु पर्छ, व्यक्तिगत रुपमा संकलन भएको हो भने ठिकै तर श्री मेश्रम बराह घान्द्रुक कल्याणकरी समाज यु.के. ले गरेको हो भने बिबादित हुन्छ भन्ने खालको बिरोध आएकोले त्यसले समाजको उपाध्यक्ष श्री अर्जुन गुरुङ आमा समुहको अध्यक्ष श्रीमति शान्ति गुरुङको संयुक्त रुपमा राजिनामा

दिने सम्मको स्थिति पैदा गराएकोले बिस्मात तथा दुख पनि लाग्यो | त्यसैले यो स्थितिलाइ स्पष्ट पार्दै समाजलाई यथास्थिमा ल्याउनु पर्ने दायित्व बोध हुनु स्वाभाविक हो त्यसैले यो अपील सन्देस लेख्न लागेको हुँ |

बिधि बिधान प्रक्रियाको मुल्य मान्यता यसको सम्मान 

समाजमा कतैबाट छलफल गर्नु पर्ने कुनै प्रस्ताब आउँछ भने समाजले आफ्नो समितिको बैठक बोलाउँछ | बैठकमा छलफल गरेपछि निस्कर्षमा अल्पमत बहुमतको आधारमा निर्णय गर्छ | जुन प्रस्तावले बहुमत पाउछ त्यो निर्णय हुन्छ त्यहि निर्णय कार्यान्वयन हुन्छ अल्पमतमा परेको प्रस्ताबले पछि हट्नुपर्ने हुन्छ   चित्त नबुझे पनि बहुमतले पास गरेको निर्णयको सम्मान गरी कार्यान्वयनमा लाग्नु पर्ने हुन्छ | यो विश्वब्यापी सर्बमान्य सर्बोत्तम पद्वत्ति हो जसलाई प्रजातान्त्रिक वा लोकतान्त्रिक पद्वत्ति भनेर संसार भर अभ्यास हुन्छ | कसैले केहि विचार, तर्क भए पनि बैठकमा उपस्थित हुन नसकेको अवस्थामा सुझाब पठाउन सकिन्छ | तर बैठकमा उपस्थित हुनै असमर्थ हुनेले आफ्नो विचार तर्क पास गराउन खोज्नु हास्यास्पद कुरा भएन | त्यसैले सबै घान्द्रुकवासी प्रति विनम्रतापुर्बक अनुरोध गर्छु कि हामी सबैले कुनै पनि बैठकमा बैठकले पास गरेको निर्णयहरुको सम्मान गर्ने गरौँ | नेपालको सिवैं देखि कलाडाँडा हुँदै बाटो लाने समुहको निबेदन आयो, निबेदन उपर डिसेम्बर २०१६ को बैठकले छलफल गरेर बहुमतले निर्णय गर्यो त्यहि काम कार्यान्वयन भैरहेको अवस्था हो यो यसो भनिरहँदा अर्को समूहबाट निबेदन दिन पाउदैन भनेको पनि होइन | निबेदन दिने ढोका सबैलाई खुला | यदि समाजले बैठक राखेर कुनै बिषयमा निर्णय गर्दा त्यस निर्णयको यस्तो तरिकाले बदर गर्ने प्रयास हुन्छ भने यसको अर्थ के समाजको सदस्यहरुले आफ्नो कामबाट छुटी मिलाई खल्तीको पैसाले गाडीको तेल भरेर, आफ्नो कार्यालय छैन, खल्तीको पैसा तिरी रेस्टुरेन्टमा गई खाएर पिएर गरेको बैठकको अर्थ रहँदैन भने ति बैठकमा उपस्थित मान्छेहरु आफ्नो घरमा काम नभएर हावा खान गए बराबर भएन

नेतृत्वको खडेरी 

हाम्रो गाउँ अरु गाउँ जस्तो होइन | अरु समाजहरुमा  पदमा बस्नकोलागि मारामारको प्रतिस्पर्धा हुन्छ, चुनाब हुन्छ | त्यसको ठिक बिपरित हाम्रोमा पद सम्हाल्ने मान्छे पाउन गार्हो हुन्छ किनभने पद सम्हाल्ने पनि त्यति सजिलो छैन, यो भनेको काम गरेर खाने ठाउँ हो | अधिकांश कामहरु अरुको समय तालिका अनुसार चल्नु पर्ने कामहरु हुन्छ भने ठाउँहरु पनि सजिलो छैनभनेको समयमा एक ठाउँबाट अर्को ठाउँमा जान यातायातको सुबिधा भने जस्तो सजिलो छैन | त्यस्तो गार्हो परिस्थितिमा पदमा बसेर काम गर्ने मान्छेहरुलाई (सपोर्ट) सहयोग गर्नुको सट्टा बैठकमा जे निर्णय हुन्छ त्यसको बिपरितमा उभिएर  काम गर्न अप्ठ्यारो पार्छ भने कसलाई पो गर्न मन लाग्छ ? अहिलेको उपाध्यक्ष अर्जुन गुरुङ आमा समुहको अध्यक्ष श्रीमति शान्ति गुरुङको राजिनामा यसैको एउटा ज्वलन्त उदाहरण हो | फलस्वरूप समाजमा अघि सरेर काम गर्ने नेतृत्वको खडेरी लाग्छ | मनमा लागेको कुरा केहि नसोचिकन कुनै संजालतिर राखिदिन जान्ने मान्छेको लागि सजिलै होला तर त्यसले पार्ने दुरगामी असरको बारेमा ध्यान पुरयाएर काम गरेन भने त्यसले पार्ने परिणाम प्रतिकुल हुन जान्छ  | गर्न सबैले गाउँको लागि राम्रै गर्छु भनेर गरेको कामहरु होलान  तर विचार नपुर्याईकन प्रक्रिया अनुसार काम भएन भने कहिले काही समाजलाई अमृत दिन्छु भन्दा बिष पर्न गए जस्तो पनि हुन जान्छ |

यस्तो खालको अप्रिय अभ्यासले समाजलाई सहि दिसामा अगाडी बढाउनुको साटो भाँडभैलो पतन तर्फ उन्मुख गराउँछ |

समाज प्रति हाम्रो योगदान भनेको सधैं सकारात्मक हुनु पर्छ | सकिन्छ भने समाजलाई सके सम्म राम्रो बनाउने प्रयास गर्ने; सकिएन भने कम्तिमा पनि भई रहेको राम्रोपनलाई बिगार्ने काम हामी कसैबाट हुनु उचित हुँदैन | आशा आगामी दिनहरुमा हामी कसैबाट पनि यस्तो नकरात्मक असर हुने कामहरु हुने छैन | अहिलेलाई जो जसबाट भए पनि सार्बजनिक रुपबाट यस किसिमको अस्वस्थ्य वाताबरण सृजना भएपछि सार्बजनिक रुपबाटै प्रयास्चित आत्मालोचना गर्नु उपयुक्त हुन्छ उपाध्यक्ष श्री अर्जुन गुरुङ आमा समूहको अध्यक्ष श्रीमति शान्ति गुरुङले पनि आफूहरुले समाज प्रति दिनु भएको योगदानहरु घाम जत्तिकै छार्लांग प्रशंशनीय | त्यसैले सो राजिनामा स्वीकृत हुने नहुने भन्ने कुरा आफ्नो ठाउमा छदैछ पनि उक्त कुराको विचार गरी राजिनामा फिर्ता लिने काम गरेमा हामी सबैकोलागि बुद्धिमानी काम होला जस्तो लाग्छ |

अहिले लाई यति |

नारायण सिंह गुरुङ

१४  फेब्रुअरी २०१७  

सल्लाहकार, श्री.मे..घा.. समाज यु.के.   

 

Posted in Community News Ghandruk | 3 Comments

किम्चे  घान्द्रुक सडकको महत्व र चुनौती – 

स्वास्थ्य शिक्षा आर्थिक आय उपार्जन हरेक दृष्टिकोणले हर क्षेत्रमा यातयातको महत्वपुर्ण भूमिका रहन्छ । जसको महत्व लाई बुझेर नेपालको हरेक गाँउ गाँउमा  सडक निर्माण गर्ने एक खालको लहर नै चलेको छ । त्यसको हावाले घान्द्रुक लाई नछुने कुरै थिएन फल स्वरुप नयाँपुल देखी किम्चे  सम्मको सडक निर्माण कार्य  सम्पन्न भईसकेको छ । हरेक राम्रा कामको जस लिन खोज्ने मान्छे अपबादको रुपमा त्यो सडक निर्माण गर्दा नभेटिए पनि  त्यस्ता भांती भांतीका  मान्छे  बस्ने हाम्रो  नेपाली समाजमा फलानोले यस्तो गर्‍यो उस्तो गर्‍यो भनेर कसैले गरेको राम्रो कामको सम्मान गर्ने मान्छे मुस्किलले भेटिनु आजको युगमा खासै नौलो कुरा होइन । तर जस्ले हिजो नयाँपुल देखी  किम्चे सम्मको सड क निर्माण कार्य सम्पन्न गर्दा महत्वपुर्ण भूमिका खेलेको छ त्यो ब्यक्ती हरेक गांउलेको  मन भित्र  जुग जुग सम्म पनि  सम्मानित भएर बांची रहने छ । देख्यो पनि नजिक बाट अनुभब गर्‍यो पनि सांच्चै सडकको महत्व के रहेछ त भन्ने कुरा

बिस्तारै बुझ्दै गए पछी अब किम्चे सम्म मात्रै किन यो सडकले घान्द्रुक गांउ सम्मै जोड्नु पर्छ भन्ने एक खालको माहोल बन्दै गयो । जस्को परीनाम सडक निर्माण कार्य सुरु भईसकेको  छ । स्वभाबिक रुपमा  समय र ठांउ अनुसार अगाडीका चुनौतीहरु पक्कै पनि फरक फरक हुन्छ नै । हिजो नयाँपुल देखी किम्चे सम्मको सडक निर्माण गर्दा कुनै ब्यक्ती वा समुहको बाधा अबरोध लाई चिर्दै अगाडी बड्नु पर्ने एक खालको चुनौती थियो भने अबको चुनौती भनेको कुनै ब्यक्ती बिशेष  संग भन्दा पनि भु-बनोटको दृष्टिकोणले संबेदन्शिल बन्दै अगाडी बड्नु पर्ने एउटा चुनौती रहेको छ भने पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण मानिने भौतिक सम्रचनाहरु लाई जोगाउदै अगाडी बड्नु पर्ने अर्को चुनौती रहेको छ ।

जस्को कारण सडक निर्माण कार्य सुरु हुँदा नहुँदै घान्द्रुक लाई मांया गर्ने सयौं शुभ चिन्तकहरुले आ-आफ्ना बिचारहरु सल्लाह सुझाबको रुपमा सामाजिक सन्जाल मार्फत ब्यक्त गरिसकेको छ । कसैले घान्द्र्क गांउ सम्म यातायातको सुबिधा पुग्नु राम्रो कुरा हो तर हाम्रो बाउ बाजेले बनाएको मान्छे हिड्ने ढुङ्गे बाटो जोगाउनु पर्छ भने । कसैले पर्यटन ब्यबसायीहरु लाई असर पर्ने तर्क राखे । कसैले भु-बनोटको दृष्टिकोणले छेउछाउका बस्तीहरु जोखिममा पर्न सक्ने संभावना औंल्याए । कसैले चाने देखी बाटो बन्नै सक्दैन पनि भने । कसै कसैले त बर्सौ सम्म म आफै भेडीगोठ बसेको चाने खोला माथीको न्हदें पाखा हुँदै लानु पर्छ भन्ने सम्मका तर्क दिन भ्याए । यस्ता सल्लाह सुझाबहरु तब मात्र महत्वपुर्ण र अर्थपुर्ण मानिन्छ जब त्यस्को थोरै मात्र अंश ब्यबहारमा उतार्ने प्रयास गरिन्छ भने होइन भने त्यस्को खासै अर्थ रहदैन । ढुङ्गे बाटो जोगाउन सकेन, संबन्धित पक्षले पर्यटक अकर्षित गर्ने यस्ता बाटो घाटोको महत्व बुझ्दै बुझेन भन्दै जान्ने टोप्लेर म पो किन अर्केलो बन्छु र । तर जन्मे देखी नै संगत गरेको चाने खोलाको पानीको बहाब बर्षको कती महिना सम्म यातयातको साधन चल्नै नसकिने खालको हुन्छ जस्को कारण खेतीपाती गर्न लाई गांउ बेसी गर्ने गांउलेको सुबिधाको लागी मात्रै भए पनि धेरै थोरै सम्भावना रहंदा रहदै  पनि  त्यो बाटोको सम्रक्षण किन हुन सकेन भनेर पक्कै भन्छु ।

अहिले हामी सुरुवाती अवस्थामा छौ बिस्तारै सडक सुधार गर्दै पिज बाटोमा परिनत हुनेछ र एक दिन घान्द्रुक पक्कै स्विजर्लेन्ड बन्नेछ भनेर कसैले भन्छ भने पनि म को हुं र कसैको सपना देख्न पाउने अधिकार माथी तगारो बनेर बस्ने । तर एउटा कुरा भन्नै पर्छ डोजरले दुई चार डोप खन्दैमा सबै कुरा भईहाल्छ भन्ने पक्कै होईन । यदी बाटो खन्दैमा सबै कुरा भईहाल्ने  भए हिजो अस्ती मात्रै पहिरो गएको मेरो घर मुनिको फुलिबाङ जोड्ने सडक बन्यो भनेर अब मेरो गांउ यस्तो बन्ने भयो उस्तो बन्ने भयो भन्दै हरेक साल ल्होसार मनाउने दुखालेको आंगनमा फुरुक फुरुक उफ्रीदै बसेनी भो । भोली त्यो सडक बिस्तारै नमुना सडकमा परिनत हुन्छ वा अहिलेकै  हिलाम्मे अवस्थामा रहिरहन्छ भन्ने कुरा धेरै थोरै बुझ्न लाई नेपालको केन्द्रिय राजनितीमा  बर्सौ देखी  हालिमुहाली गर्दै बसेका शाषकहरुको कार्यशैली, ब्यबहार र उनीहरुको बास्तबिक चहाना भित्रै बाट बुझ्नु अति अवश्यक छ । होईन भने त्यस्ता दुबिधामा अल्झिने समस्याले सधै जेलिरहने छ ।

अखिर मान्छेको मन न हो यस्ता मान्छे हिड्ने बाटो घाटो त सांच्चै चाहिदो रहेछ है भन्दै भोली केही गरी  मन फिरिहाले पनि हरेक कुरामा तिम्रो र हाम्रो भन्न रुचाउने अहिलेको समाजमा मिलेर काम गर्ने हिजोको संयुक्त समाज बन्ला र फेरी  ढुङ्गे बाटो बन्छ भन्ने कुनै अधार  पनि म देख्दिन । ढुङ्गे बाटोले दिने फाइदा र त्यसको अकर्षण सायद कसैले कसै लाई भनिराख्नु पर्ने कुरा होईन । त्यसैले कहिले घाम कहिले पानी भईराख्ने अवस्थामा धुलो र हिलो माटो छल्दै हिड्न बाध्य पर्यटकले दिने भोलीको सन्देशले ढिलो चांडो पर्यटन ब्यबसायमा कोरोडौं लगानी गर्ने ब्यबसायीहरु लाई धेरै थोरै पक्कै पनि असर पार्न सक्छ । किनभने सोध्दै खोज्दै लखर लखर हिड्दै पर्यटक आउने हिजोको पर्यटन ब्यबसाय र कल्पनै नगरेको ठुलै बिपतको कारण लगभग लगभग अन्तरिक पर्यटकमा निर्भर बनेको भेल बाढी जस्तो लाग्ने आजको पर्यटन ब्यबसाय एउटै होइन । आजको पर्यटन ब्यबसाय भनेको कुनै एक जना मान्छेको गलत सन्देशले सिङ्गो मुलुकको पर्यटन ब्यबसाय लाई नै प्रभाबित पार्न सक्ने समयको पर्यटन ब्यबसाय हुन । जे देख्यो जे भोग्यो त्यही कुरा लेख्दै भन्दै हिड्नु पर्यटकको काम मात्रै होईन उसको अधिकारको कुरा पनि हो । यो गांउ लाई सके अझै राम्रो बनाऊ नसके कम्तिमा पनि सबैको मुखमा झुन्डिएको आह साच्चै यो गांउ भन्दै सबै मख्ख पर्ने आजको आवस्थामा राख्ने नराख्ने भनेर सिह दरबारको जोगी आएर भनि राख्नु पर्ने  कुरा हो र यी त  तपांई हाम्रो बुद्धी र बिबेकमा भर पर्ने कुराहरु हुन । यस्ता तर्कले ब्यबसायमा फरक परेको पनि छैन पर्ने वाला पनि छैन भनेर भोली कसैले भन्न सक्छ । तर म भन्छु यो कुनै ठाडो खोलामा माछा मार्न लाई छिन भरमै कमिला हिड्न मिल्ने गरी पानी तर्काउने छु मन्त्रमा देखिने परीनाम होईन । यी त नबुज्ने गरि बिस्तारै आकार लिदै जाने कुराहरु हुन् ।

लगन गांठो कस्ने बेलामा नबज्ने बाजा भोली बुढी ठुस्किने बेलामा बजेर के काम त्यसैले हरेक दृष्टिकोणले बलियो र निर्नायक ठांउमा रहेको होटल ब्यबस्थापन समिती र स्थानीय युवा क्लबले पनि यस्ता कुराहरुमा आफुले सके सम्मको भूमीका  खेल्न सक्नु पर्छ जस्तो लाग्छ । तिमी छौ र पो म बांचेको छु भन्दै गुन्जने यो मन छुने गीतले भने जस्तो यी अमुल्य भौतिक सम्पतीहरु छ र पो त आज हामी आफ्नै भुमीमा बसेर सबैको सामु शिर ठाडो पार्दै बांच्न पाएका छौं भने आउने पुस्ताको उज्वल भबिश्यको लागी चेतनामुलक र परीनाम मुखी योजनाहरु बुन्न किन अल्छी गर्ने हामी । पबित्र हिमालहरु लाई बादलको घुंम्टोले छोपेर बस्दा पनि पर्यटकहरु घान्द्रुकको गुणगान गरेर नथाक्नुको एउटै कारण यी अमुल्य भौतिक सम्पतीहरु नै हुन भनेर बुझ्नु अति अवश्यक भईसकेको छ जस्तो लाग्छ ।

अखिर बिदेशमा बसे पनि रुपयाँ पैसाको बिठो मुखमा हालेर बांच्ने त पक्कै होईन होला । जहाँ बसे पनि दुई छाक खाएर बांच्नु न हो । त्यसैले पलायनको बाटो रोज्नु भन्दा आफ्नै भुमीमा केही गर्छु भन्ने उदेश्य लिएर बसेको ब्यक्ती । जस्को आर्थिक हैसियतको कुरा गर्ने हो भने उस्ले चहाना राखेको खण्डमा आज भोली नै कुनै एउटा गतिलो देशमा गएर सम्मानजनक जागिर खाएर बस्न सक्ने ब्यक्ती । जसको शैक्षिक योग्यताको कुरा गर्ने हो भने सात सय घान्द्रुकमै एउटा पाखुराको पांच वटा औंला मात्रै भांचेर मुल्यांकन गर्ने हो भने पनि बिचैको औंला भित्र पर्न सक्ने ब्यक्ती ।  जसको कामको उदाहरणले सयौं स्थानिय युवा शक्ती लाई आफ्नै भुमीमा केही गर्नु पर्छ भन्ने गतिलो सन्देश दिन सफल त्यो नमुना कागज उधोग रहेको बिकास डांडा लाई जोगाउनु पर्छ भनेर कही कतै बाट एक शब्द खर्चेको मैले भेटिन । कत्ती चित्त नबुझ्ने भनौं भनौं लाग्ने गरी मेरो मन भित्र खड्किएको त्यो ठांउ प्रती सबैले राख्ने यस्तो ब्यबहार देख्दा कहिले कही त यस्तो लाग्छ यो बाटो घाटोको छेउछाउमा बस्नेहरु लाई खासै वास्ता नगरेको पो हो कि जस्तो पनि लाग्छ । हरेक कुरा लाई भित्रै बाट बुझेर बसेको ब्यक्ती यस्ता ब्यबहारले सायद बिचल्लित नहुन सक्छ तर त्यस्ता सयौ युवा छन जो आफ्नै भुमीमा बसेर केही गर्न चहाने, उनीहरु लाई भने यस्तो ब्यबहारले पक्कै पनि निराश बनाउन सक्छ । आवत जावत गर्दा छेउछाउमा देखीने बस्तीहरु कसैको लागी केही होईन जस्तो लाग्न सक्छ । तर आफ्नो छोरा छोरी आईपुग्ने आशामा हरेक दिन पर्खाइको आंखा तेर्साउंदै बस्ने आमाको मांयाले सजिएको घर आंगन , आफैले टेक्दै हिंडेको ढुङ्गा माटो र कोमल भावनले भरिएको छरछिमेक बस्ने जस्तो सुकै भिर पाखाको बस्ती किन नहोस त्यो ठांउ प्रतीको मांया सुनको महलको महत्व भन्दा हजारौं गुणा ठुलो हुन सक्छ कसैको लागी ।

त्यसैले हरेक कुरामा राजनितिक नाफा घाटाको दाउपेच चल्ने देशमा सानो कुरा लाई पनि कारण बनाएर बाधा अबरोध तेर्साउने हिंजोको अवस्था र पाइला पाइलामा संबेदन्शिल बन्दै अगाडी बड्नु पर्ने आजको आवस्था लाई एउटै तराजुमा राखेर मुल्यांकन गर्नु उचित हुनै सक्दैन । बिकासको लागी यातयातको सुबिधा सबै लाई चाहिएको छ । यातायातको सुबिधाले हरेक कोण बाट जोड्न खोज्नु यो गांउको भबिश्यको लागी आफैमा एउटा राम्रो संकेत हुन सक्छ । तर यस्ता महत्वकांक्षी योजनाहरु भनेको कुनै चाडपर्वमा घर आगन लिपपोत गरे जस्तो यो साल यस्तै भो अर्को साल राम्रो गरौला भन्दै घुमीफिरी घरी घरी मौका आउने कुरा जस्तो होईन । यस्ता महत्वपुर्ण योजनाहरु भनेको एउटा युगमा एक पटक आउने कुरा हुन । जस्को सुरुवाती अवस्थामा जस्तो बिचार र तर्कले स्थान पाउंछ त्यो ठांउको भबिश्य त्यसैले निर्धारण गर्ने कुराहरु हुन ।

त्यसैले कुनै पनि महत्वपुर्ण योजनाहरु बुन्दा भोली त्यस्ले पार्ने प्रभाब र सुरुवाती अवस्थामा सचेत र गम्भिर बन्दै एक जुट हुनु पर्ने बेलामा आ-आफ्नो टोल र वडाको सुबिधा दिलाउने बहानामा एउटा एउटा समुहामा बिभाजित हुन खोज्नु पक्कै पनि यो गांउको लागी राम्रो संकेत होईन । यस्ता अस्वभाबिक बिभाजनले आज सिङ्गो मुलुक नै अस्त ब्यस्त बनेको छ भने त्यसैको सिको किन गर्ने हामी । हर कोही घान्द्रुके एउटा सफल पर्यटन ब्यबसायी बन्न सकिन्छ । भलै आज सबैको ब्यबसाय नहुन सक्छ भोली छोराले गर्न सक्छ । छोराले नगर्ला नातीको पालामा हुन सक्छ । यस्ता सम्भाबना लाई जिबित राख्न सक्नु पर्ने बेलामा आ-आफ्नै टोल र वडाको डम्फु बजाउदै बस्ने हो भने भोली त्यो बाटो घर घरमै पुगे पनि त्यस्को खासै अर्थ रहदैन ।

त्यसैले कुनै पनि काम बिभाजित भएर हतारमा गर्दा भोली पछुताउनु पर्छ भने किन हतार गर्ने हामी । एक एक मिनेट र सुका मोहोरको हिसाब गर्दै घुम्ने पर्यटक र आम सर्ब साधरणको लागी किम्चे घान्द्रुक सडकको महत्व कती थियो भनेर त भोलीको दिनले बताउला । तर सुबिधाको नाममा यस्तो महत्वपुर्ण समयमा स्थानिय गांउले पनि सुझाब बिहिन बनेर बसिदिने र सडक निर्माणको लागी गठित संबन्धित पक्ष पनि बाटो नै सबै कुरा हो भन्दै अगाडी बड्दै जाने हो भने बनाउन खोजे पछी जसो तसो बाटो बनाउन सफल त होला तर त्यो सफलता भित्र लुकेको असफलताको चांङले गांउले त चुक्यो चुक्यो सडक निर्माण समितीको बल्ल तल्ल पाएको सफलता पनि छांयांमा पर्ने सम्भाबना सधैं रही रहने छ । त्यसैले किम्चे घान्द्रुक सडक खण्डको नव गठित निर्माण समितीको भोलीको सफलता असफलता सर्प पनि मरोस लठ्ठी  पनि नभांचोस भन्ने उदेश्य लिएर हरेक पाइलामा संबेदन्शिल बन्दै अगाडी बड्छ वा त्यही नयाँपुल किम्चे  सडक निर्माण गर्दाकै तालमा अगाडी बड्छ उनीहरुको आउने दिनको ब्यबहार र बिबेकले निर्क्यौल गर्नेछ भन्दै बिदा चहान्छु । धन्यबाद

रोशन तमु घान्द्रुक-२

Show original message

 

Posted in Community News Ghandruk | 1 Comment

च्या ल्होसार – ल्होछार २०७३ (Ghandruk 2 kimche)

Posted in Community News Ghandruk | 1 Comment

[cincopa AgLAo399r3t4]

Posted in Uncategorized | Leave a comment